दाङ । दाङको तुलसीपुर–५ ‘ग’ लाइनमा पुष्पन हेल्थ केयर प्रालिले सोमबार बुद्ध जयन्तीको अवसरमा अत्याधुनिक भिडियो–एक्सरे सेवा सुरु गरेको छ। पश्चिम नेपालमै पहिलोपटक यस्तो सेवा सञ्चालनमा ल्याइएको हो।
तुलसीपुर–७ निवासी वरिष्ठ रेडियोलोजिस्ट डा. पुष्पराज रिजालले रातीको समयमा पनि बिरामीले सेवा पाउने व्यवस्था गरिएको बताए । उनका अनुसार टाढाबाट आएका र आपतकालिन बिरामीले समयमै उपचार पाउन भन्ने उद्देश्यका साथ रातीमा पनि सेवा प्रदान गरिने भएको छ ।
डा. रिजालले अब हेल्थ केयरमा 2D/4D स्क्यान, एनामली स्क्यान, टीभीएस, साथै पेट, छाती, घाँटी, स्तन, अण्डकोष, हातखुट्टा, जोर्नी, नवजात शिशु, गाठागुँठी र मासपेशी जस्ता विभिन्न भागको भिडियो एक्सरे सेवा उपलब्ध भएको बताए ।
त्यस्तै, कलर डोप्लर, गर्भ जाँच, तथा महिलाको तल्लो पेट र पाठेघरको जाँच जस्ता सेवा समेत प्रदान गरिनेछ।
डा. रिजाल लामो समयदेखि विभिन्न स्वास्थ्य संस्थामा रहेर उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् । यो प्रविधिको आगमनले दाङ तथा आसपासका बासिन्दाहरूलाई समयमै सटिक परीक्षण र उपचारमा सहजता पुर्याउने विश्वास लिइएको छ।
