काठमाडौँको मखन टोलमा आगलागी, एक जनाको मृत्यु

अन्य समाचार समाज

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आगलागीमा परी एक महिलाको मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए । तर उनको उनको सनाखत हुन बाँकी रहेको प्रहरी प्रवक्ता बोहराले बताए ।

सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको ४ तले कच्ची घरमा आगो लागेको हो । ग्यास लिक भएर आगलागी सुरु भएको र आगो नजिकैको पक्की घरमा समेत फैलिएको छ।

६ वटा दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *