देशभर एचपिभि खोप अभियान सुरु

ट्रेन्डिङ समाचार स्वास्थ्य

काठमाडौं । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सुरु भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन् ।

आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुँदैछ । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप निःशुल्क दिन लागिएको छ ।

उक्त खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *