तुलसीपुर खानेपानी निर्वाचन : २१८१ मत गन्दा अध्यक्षमा काँग्रेसका भण्डारीको अग्रता

अन्य ट्रेन्डिङ समाचार

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मत परिणामअनुसार नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता कायमै रहेको छ । २ हजार १ सय ८१ मत गणना हुँदा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ९ सय ५० प्राप्त गरी अग्रता कायम गरेका छन् ।

त्यस्तै अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सिताराम शर्माले ७ सय ४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार मनोज लामिछानेले ४ सय ७८ प्राप्त गरेको निर्वाचन समितिका संयोजक प्रदीप धितालले जानकारी दिए ।

खानेपानीको उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्माको अग्रता रहेको छ । शर्माले ९५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका लक्ष्मण केसीले ६सय ४२ र जनमोर्चाका दुर्गाप्रसाद भण्डारीले ३ सय ४६ प्राप्त गरेका छन् ।

त्यस्तै सचिव पदमा नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले ८ सय ५८ मतका साथ अग्रस्थानमा रहेका छन् भने नेकपा एमालेका उम्मेदवार भुवन भुसालले ७ सय ९ प्राप्त गरेका छन् । विप्लवका रुद्रबहादुर वलीले ४ सय ४० मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा पनि काँग्रेसका भोला थापा १ हजार १२ मत प्राप्त गरी अगाडि छन् भने एमालेकी सुशिला न्यौपानेले ६सय २ र माओवादीका कर्णबहादुर वलीले ६३ सय ५२ मत प्राप्त गरेका छन् ।

शनिबार सम्पन्न भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार एक सय ९८ मत खसेको थियो । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए । निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *