काठमाडौं । सरकारले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।
उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरीरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् । महर्जनको भने शरीरमा एउटा गोली लागेको भेटिएको थियो ।
सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ । रजकको आज दाहसंस्कार हुने बताइएको छ ।
