बझाङमा अस्पताल लैजादै गर्दा सुत्केरी महिला र शिशुको मृत्यु

समाचार समाज

बझाङ । बझाङमा अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी भएकी महिला र शिशुको मृत्यु भएको छ । केदास्युँ गाउँपालिका वडा १ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा बाटोमै शिशुलाई जन्मदिएकी थिइन् ।

नवजात शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्रावका कारण सविताको मृत्यु भयो । शिशुको पनि केही समयपछि निधन भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए । समयमै अस्पताल पुर्‍याउन नसक्दा सुत्केरी र नवजात शिशुको मृत्यु भएको उनको भनाई छ ।

बझाङ, बाजुरा, अछाम लगायत जिल्लाका दुर्गभ भेगमा समयमै प्रसुती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा बर्सेनि अकालमै ज्यान गुमाउनुपर्ने नियति भोग्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *