विद्यालय शिक्षा विधेयक पारित

अन्य ट्रेन्डिङ शिक्षा समाचार

काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकबाट बहुमतले विधेयक पारित गरेको हो।

विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन्।

विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन ।

यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउनेगरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित भने हुन सकेको थिएन ।

शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन् ।पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *