तुलसीपुरमा भरुवा बन्दुकको गोली लागेर ९ वर्षीय बालकको मृत्यु

समाचार समाज

तुलसीपुर । तुलसीपुरमा आफ्नै दाइले हानेको भरुवा बन्दुकको गोली लागेर भाईको मृत्यु भएको छ । तुलसीपुर–३ ठुलासम्वा निवासी पुष्कर खत्रीको १० बर्षीय छोरा शिशिर केसीले आफ्नै भाइ ९ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकको गोलीले कञ्चटमा लाग्दा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार ती बालकले आफ्नै घरमा राखेको बाजेको भरुवा बन्दुकले आज बिहान ११ बजेको समयमा आफ्नै भाइलाई गोली हानेका हुन् ।

६२ बर्षीय भुविन्द्र खत्रीले घरमा लोड गरी राखेको अवस्थामा भेटाएर भाइको दाँया कन्चटमा हानेको प्रहरीले जनाएको छ । प्रहरीले एकथान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रा बरामद गर्नुका साथै गोली प्रहार गर्ने शिशिर र‌ उनका बाजेलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *