अध्यक्ष कप फुटबलको उपाधी वडा नम्बर ६ ले चुम्यो

खेलकुद समाचार स्थानीय तह

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिको अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नम्बर ६ ले जितेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा आज शुक्रबार सम्पन्न फाईनल खेलमा वडा नम्बर ८ लाई ४-० गोलले पराजित गर्दै वडा नम्बर ६ ले उपाधी जितेको हो ।

उल्लेख दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको खेलमा आफ्नो दबदबाह प्रस्तुत गरेको वडा नम्बर ६ ले उपाधीसँगै नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड हात पार्‍यो । फाईनलमा हार ब्यहोरेको वडा नम्बर ८ उपबिजेतामा सीमित रहदै नगद १ लाख ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ वेष्ट प्लेयर खेलाडी वडा नम्बर ६ का हरिहर बुढामगर भए । उनले नगद ८ हजार तथा ट्रफी हात पारे । त्यस्तै वेष्ट डिफेन्स वडा नम्बर ६ का एलिस रसाईलि, हाई स्कोरर वडा नम्बर ६ सागर गन्धर्व, वेष्ट किप्पर वडा नम्बर ६ कै प्रतीक सेर्पाइली, वेष्ट मिड फिल्डर वडा नम्बर ८ का राज बहादुर बस्नेत, बेष्ट कोच वडा नम्बर ६ का कमल लामिछाने भए । उत्कृष्ट सबैलाई जनही ५ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भन्डारी बर्षातको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थमन्त्री माननीय धन बहादुर मास्कीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र वडा नम्बर १८ का अध्यक्ष तथा नगर प्रवक्ता माधव वलीको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रमको संचालन नानी मैयाँ केसी वलीले गरेकी थिइन्। माघ १९ गतेदेखि संचालित प्रतियोगितामा तुलसीपुर नगरका १९ वडा मध्ये १६ वडाका टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *