कक्षा १२ को परीक्षा नरोकिने

अन्य ट्रेन्डिङ शिक्षा समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो ।

शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *