आफैंलाई गोली हानेका आचार्यको घटनास्थलमै मृत्यु

अन्य ट्रेन्डिङ समाचार समाज

दाङ । दाङमा गोली हानेर एकजनाले आत्महत्या गरेका छन्। नेपाल रेडक्रस सोसाइटी दाङका पूर्व अध्यक्ष नारायण प्रसाद आचार्यले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

तुलसीपुर-७ मोतिपुर निवासी अन्दाजी ८० वर्षीय आचार्यले आज दिउँसो आफ्नै घरमा रहेको १२ बोर दुई नाले बन्दुकले छातीमा गोली हानेर आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *