काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार भएको ९ बुँदै सहमतिमा असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको विद्यालय शिक्षक कर्मचारी परिषद्को आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सरकारसँग भएको सहमति नमान्ने र छुट्टै आन्दोलन गर्ने विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।
‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं,’ उनले भने, ‘महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्यो । यसमा हाम्रो विमत्ति छ ।’
सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए ।
