तुलसीपुरमा श्रमिक दिवस मनाइयो

अन्य समाचार समाज

तुलसीपुर। दाङको तुलसीपुरमा १३६औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल ट्रेड यूनियन काँग्रेस जिल्ला कार्यसमिति दाङले आयोजना गरेको कार्यक्रम पूर्व तुलसीपुर बजारमा र्‍याली निकालिएको थियो ।

‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्रिय शक्ति हो’ भन्ने नाराका साथ आयोजित र्‍याली तुलसीपुरको बीरेन्द्र चोकबाट सुरु भएको थियो । ‘आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्यायसहितको समृद्ध राष्ट्रको निर्माण’ भन्ने मुल सन्देशका साथ आयोजित र्‍याली बीरेन्द्र चोकबाट नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ को क्षेत्रीय पार्टी कार्यक्रममा पुगेको थियो ।

र्‍यालीका सहभागीहरुले ‘लैंगिक बिभेद अन्त्य गर, रासन कार्डको ब्यबस्था गर, बढ्दो महंगी नियन्त्रण गर, सुशासन कायम गर, बढ्दो भ्रष्टचार नियन्त्रण गर भन्ने जस्ता नाराहरु लगाएका थिए ।

नेपाल ट्रेड यूनियन कांग्रेसका दाङ जिल्ला सभापति तिर्थराज न्यौपानेको अध्यक्षता र नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा क्षेत्रीय सचिव शोभाकार सापकोटा, दाङ क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्र रिजाल, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, शिक्षक प्रतिनिधि लेबेन्द्र केसी लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।

बक्ताहरुले श्रमिकलाई राज्यको तर्फबाट उचित सम्मान हुनु पर्ने र श्रमिकको तर्फबाट पनि आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह हुनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *