तुलसीपुरमा ११ हजार ३ सय बढी किशोरीहरुलाई एचपिभी खाेप लगाइँदै

समाचार स्वास्थ्य

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा ११ हजार ३ सय ३९ जना किशोरीलाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । तुलसीपुर उपमहानगरपालिकाकाे आयोजनामा महिला पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धकाे खाेप अभियान सञ्चालन तथा व्यवस्थापनकाे बिषयकाे अन्तरक्रिया कार्यक्रममा खाेप सम्बन्धी जानकारी गराएको थियोे ।

“पुर्ण खाेप सुनिश्चितता, हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ राष्ट्रिय खाेप कार्यक्रम एचपिभी खाेप अभियान २०८१ सुरु हुने भएको छ । जनस्वास्थ्य निरिक्षक बिमल केसीले एचपीभी खाेपकाे बारेमा जानकारी गराउदै एचपिभी खाेप माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समयअबधि रहेको बताए । साथै कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने १० बर्षदेखि १५ बर्षसम्म किशोरीहरुलाई याे खाेप दिइने उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका भानु जोशीले नेपाल सरकारले स्वास्थ्य रणनीतिमा हरेक क्षेत्रका नागरिकहरुकाे स्वास्थ्य स्वस्थ बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । साथै उनले एचपिभी खोपको महत्व, पाठेघरको मुखको क्यान्सरको अवस्था, रोकथाम तथा बच्ने उपाय, नेपालमा यसकाे अवस्था, विश्वमा यसको अवस्था, यसका लक्षणहरू र याे सम्बन्धि नेपाल सरकारले गरेका प्रावधानकाे जानकारी गराएका थिए । 

जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले गरिबीको रेखामुनी रहेका किशोरीहरूलाई मुख्य प्राथमिकतामा राख्दै नेपाल सरकारले याे खाेपकाे सुरुवात गरेको बताएका हुन्। विद्यालय बाहिर रहेका, विद्यालय जान नसक्ने किशोरीहरु खाेजि खाजि याे खाेप लगाउने उनको भनाइ छ ।

आइतबार तुलसीपुर नगरपालिकाकाे सभाहलमा पत्रकार, सराेकारवाला तथा खाेप समन्वय समितिहरुकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काकाे अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख ओम प्रकाश न्याैपानेकाे स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रमकाे सहजीकरण जनस्वास्थ्य निरीक्षक बिमल केसीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *