तुलसीपुर । दाङको तुलसीपुरमा दास्राे कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महाेत्सव हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्स तुलसीपुर दाङको आयोजनामा महाेत्सव हुने भएको हाे । तुलसीपुर चेम्बरले आइतबार पत्रकार सम्मेलन गरेर फागुन १ गतेदेखि १६ गतेसम्म महाेत्सव सञ्चालन हुने जानकारी दिएको छ ।
`उद्योग व्यापार कृषि एवम् पर्यटनको विकास तथा सांस्कृतिक´ जगेर्ना गर्दै स्थानीय उत्पादनलाई प्राेत्साहन गर्नुका साथै चेम्बरको आफ्नै भवन निर्माणका लागि तुलसीपुर वडा नम्बर ६ हात्तीखवाकाे उत्तरतर्फ खालि जग्गामा महाेत्सव २०८१ हुन लागिएको आयोजकले जनाएको छ ।
महाेत्सव विशेषगरि स्थानीय उत्पादन र स्थानीय कलाकारकाे पहिचान गर्दै यसलाई प्रबर्द्धन गर्नकाे लागि आयोजना गरिएको तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले बताए । महाेत्सवले स्थानीय रुपमा उत्पादन भएका तेलहरु र सिस्नाे लगायतका उत्पादित वस्तुहरुकाे पहिचान गरि वस्तु विकासका साथै बजार प्रबर्द्धन गर्ने अपेक्षा गरेको छ ।
साथै महाेत्सवले पर्यटन एवम् सांस्कृतिक क्षेत्रमा विकास गर्नेमा पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भण्डारीकाे भनाइ छ । महाेत्सवले दाङका व्यवसायीहरुलाई चिनाउने एवम् यहाँको उत्पादनलाई प्रबर्द्धन तथा विकास गर्नका लागि स्थानीय उत्पादनलाई बढी जाेड दिने भण्डारीले बताए ।
अध्यक्ष भण्डारीकाअनुसार तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजस्व बुझाएर दास्राे तुलसीपुर महाेत्सवकाे आयोजना गरिएको हाे । साथै महाेत्सवले ३ करोड रुपैया आम्दानी गर्ने लक्ष्य भएको पनि उनले जानकारी दिए ।
महाेत्सव अवलोकन गर्न सर्वसाधारणकाे लागि १०० रुपैया, विद्यार्थीकाे लागि ८० रुपैयाँ र जेष्ठ नागरिक (७० बर्ष पूरा)काे लागि निशुल्क टिकट भएको अध्यक्ष भण्डारीले बताए । तुलसीपुर चेम्बर अफ कमर्स दाङका अध्यक्ष ऋषिराज भण्डारीकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनकाे सहजीकरण चेम्बरका महासचिव प्रेम प्रसाद गिरीले गरेका थिए।
