दाङ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वलाई लक्षित गरी ‘चट्ट माया लै लै” तीज गीत सार्वजनिक गरिएको छ । शनिबार एचआर क्रियसनबाट उक्त गीत सार्वजनिक भएको हो । ब्ल्याक डायमण्ड फिल्मस् प्रा.लिको आयोजना तथा एचआर मिडिया हाउसको व्यवस्थापनमा तुलसीपुरमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो ।
ब्ल्याक डायमण्डका अध्यक्ष झग्गु भण्डारीद्वारा निर्देशित उक्त गीत दाङमै छायांकन गरिएको हो । उक्त गीतमा रोशन वलीको शब्द रहेको गीतमा लय मन्जित पहाडीले भरेका छन् । गीतमा गायक भागिरथ चलाउने र माया केसीले स्वर दिएका छन् भने एचआर मगर र माया केसीको अभिनय रहेको छ ।

गीतको छायांकन द्रोण बस्नेतले गरेका हुन् । संगीत खेमराज गौतम, कोरियो ग्राफर तुफान वली, सम्पादन लक्ष्मण डाँगीले गरेका हुन् ।
सञ्चारकर्मी तथा मोडल एचआर मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव पुन, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतलगायतकाले बोलेका थिए भने कार्यक्रमको सञ्चालन केबी वलीले गरेका थिए ।
