सुर्खेत। सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रन्त राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ । सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको भे १ ख ४३३१ नम्बरको बस आइतबार बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो।
बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएकाहरूको एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
उनका अनुसार रत्न राजमार्गको सुर्खेत खण्डस्थित भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा पर्ने सानो खोलामा बस दुर्घटना भएको हो। बस पुलबाट तल खसेको उनले बताए।
