तुलसीपुरमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला

अन्य समाचार समाज

तुलसीपुर । तुलसीपुरमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ भोजपुर स्थित बेलन्या डाँडा नर्सरीमा शिशुको शव फेला परेको हो ।

शिशुको शव ९ महिना पुगी जन्मेको र दुई/तीन दिन पहिला गाडिएको र जनावरले निकालेको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीले जानकारी दिनुभयो ।

शवको पेष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *