अध्यक्ष कप फुटबल : उपाधिका लागि वडा ६ र ८ को भिडन्त

खेलकुद समाचार स्थानीय तह

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा जारी सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधिका लागि वडा नम्बर ६ र ८ भिड्ने भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा अरनिको मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको फाईनल खेल भोलि शुक्रबार बिहान ११ बजेदेखि सुरु हुनेछ ।

आज बिहिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १८ लाई ३-० गोलले पराजित गर्दै वडा नम्बर ६ ले फाईनल यात्रा तय गरेको हो । उता वडा नम्बर ३ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नम्बर ८ ले वडा नम्बर ६ सँगको फाईनल भिड्न्त पक्का गरेको हो ।

कडा प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलको निर्धारित समयसम्म ३-३ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राइबेकरबाट निकालिएको थियो ।प्रतियोगिताको बिजेताले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै ब्यक्तिगत बिधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद ८ हजार ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोल्किपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कष्ट मध्यपंक्ति, उत्कृष्ट प्रशिक्षकलाई क्रमशः नगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजक तुलसीपुर वडा नम्बर ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भन्डारीले जानकारी दिए ।

माघ १९ गतेदेखि संचालित प्रतियोगितामा तुलसीपुर नगरका १९ वडा मध्ये १६ वडाका टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *