ज्ञानदीप कलेजका विद्यार्थीहरूले शैक्षिक सामग्री बाँडे

शिक्षा समाचार

तुलसीपुर । ज्ञान ज्योति फाउन्डेशनद्वारा सञ्चालित ज्ञान दीप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नं. २ दहवनमा रहेको श्री भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री तथा पाठ्यपुस्तकहरू विद्यालयमै पुगी प्रदान गरेका छन् ।

श्री भगवती माध्यमिक विद्यालय त्रिवेणी – २ दहवनमा रहेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा ज्ञानज्योति कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले विद्यालयले विभिन्न समयमा विकटमा रहेका विद्यालयहरूलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्रीहरू वितरण गर्दै आएको बताए । विद्यार्थीहरूद्वारा प्रदान गरिएको शैक्षिक सामग्रीले यस विद्यालयमा रहेका विद्यार्थीहरूको शिक्षा सिकाई तथा खेलक्षेत्रमा सहयोगी बनोस् भन्ने उद्देश्यका साथ सामग्रीहरू वितरण गरेको उनले बताए।

कार्यक्रमका अध्यक्ष खड्काले दाङबाट रोल्पासम्म आएर विद्यार्थीहरूका लागि विभिन्न सामग्रीहरू प्रदान गरेकोमा विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे । साथै यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आग्रह उनले आग्रह गरे ।

कार्यक्रममा विद्यालय शिक्षक अभिभावक समितिका अध्यक्ष ओम प्रकाश थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रकला रोका, उप प्राध्यापक रमेश नकाल लगायतले मन्तव्य राखेका थिए । भगवती माध्यमिक विद्यालयका प्रअ हिमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ज्ञान ज्योति कलेजका प्राध्यापक सन्तोष केसीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *