तुलसीपुरको एनएमबी बैंक चोरीको प्रयास, एक जना पक्राउ

अपराध अर्थ ट्रेन्डिङ

तुलसीपुर। तुलसीपुरको एनएमबी बैंकमा चोरीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार बिहान करिव दुई बजेको समयमा तुलसीपुर-५ क लाईनस्थित एनएमबी बैंकमा चोरी भइरहेको भन्ने सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरिसकेको अवस्थामा तुलसीपुर-१८ दुधरास का २७ वर्षका सन्तोष चौधरीलाई प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

चौधरीको साथबाट हतौडा, छिना, पिलास, ह्याक्सा ब्लेड लगायतका चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ।

साथै उनी सवार रा ५ प ९७९ नम्बरको स्कुटी समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *