टिकटको विषयमा आएको समाचार र सूचनाप्रति गम्भीर ध्यानाकर्षण

अन्य मनाेरञ्जन/कला समाचार

दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको टिकटबारे आएको समाचारप्रति आयोजक तुलसीपुर चेम्बर अफ कमर्शले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आइतबार एक विज्ञप्ती जारी गरी महोत्सवस्थलमा प्रवेश गर्नका लागि तयार पारिएका र प्रयोग भएका टिकटहरू पूर्णरूपमा वैधानिक भएको स्पष्ट पारेको हो ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा टिकटको विषयमा आएका समाचार र सूचना भ्रामक र तथ्यहिन रहेकोे स्पष्ट पारिएको छ । विज्ञप्तीमार्फत आयोजकले टिकटमा प्रत्येक दिन क्रस परिक्षण गर्ने प्रक्रिया अपनाएको र टिकटमा तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएका सिम्बोलको प्रयोग गरिएको उल्लेख गरिएको छ ।

अनाधिकृत तवरबाट टिकट प्रयोग भएको कुरा खण्डन गर्दै तुलसीपुर चेम्बर अफ कमर्सले विज्ञप्तीमा भनेको छ–‘तथ्य बिनाका समाचार र सूचनाले भ्रम सिर्जना गर्न सक्छ, यस विषयमा संचारकर्मी तथा संचार संस्थाहरूलाई तथ्यपूर्ण समाचार प्रकाशन गर्न अनुरोध गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *