दाङ देउखुरीमा सबैभन्दा धेरै बर्षा

अन्य समाचार समाज

दाङ। दाङ देउखुरीको लालमटियामा सबैभन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लालमटियामा एक घण्टाको अवधिमा ४६ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी लमहीमा ३५.६ र बगासोतीमा २५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । हाँसीपुरमा १७.६ मिलिमिटर र कोइलाबासमा १३.८ मिलिमिटर पानी परेको छ । पश्चिम नेपालका भूभागबाट पानी पार्ने प्रणाली पूर्वतिर सरिरहेको छ ।

यो प्रणालीको प्रभावले कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीसम्म पानी पार्ने सम्भावना छ । बागमतीको काठमाडौं उपत्यकामा आज बिहानैदेखि फाटफुट पानी परिरहेको छ ।

६ घण्टा अघिसम्म कर्णाली र सदूरपश्चिमका जिल्लामा पनि राम्रो वर्षा भएको थियो ।विभागका अनुुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । त्यसको प्रभावले मेघगर्जनरचट्याङसहित पानी पार्ने प्रणाली विकसित भएको छ । यो प्रणाली पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।

६ घण्टा अघिसम्म सुदूरपश्चिमका डडेलधुरा, कञ्चनपुर, बैतडी लगायतका स्थानमा मेघगर्जन/चट्याङ्ग सहित पानी परेको थियो । सो प्रणाली पूर्वतिर सर्दै कर्णाली र हुँदै लम्बिनी आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीले गण्डकीसम्म पानी पार्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *