बुटवलमा एक युवतीमाथि गोली प्रहार

अन्य अपराध ट्रेन्डिङ समाचार

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।

विष्ट पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । विहान ९ः३० बजेतिर मोटरसाइकलमा आएका युवाले २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको प्रहरीेले बताएको छ।

विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै खुलेको छैन । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *