काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । अमेरिकाबाट उडेको एक विशेष चार्टर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
बिहान करिब १० बजे आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकी जीआरपी–२३ विमान काठमाडौं ल्याएर छोडिदिएको छ ।
विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सो जहाजमा चालक दलका सदस्यहरू सहित १४ जना नेपाली नागरिकहरू सवार थिए । हालसम्म यस विषयमा विस्तृत जानकारी प्राप्त नभए पनि अमेरिकी सरकारको निर्णयअनुसार अवैध आप्रवासीहरूलाई उनीहरूको मुलुकमा फर्काउने प्रक्रिया निरन्तर जारी रहेको बताइएको छ ।
अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका नेपाली नागरिकहरूलाई फिर्ता पठाउने निर्णय हालको अमेरिकी नीतिअनुसार गरिएको छ । डोनाल्ड ट्रम्प प्रशासनकालदेखि नै अमेरिकाले अवैध आप्रवासीहरूको पहिचान गरी विभिन्न देशहरूमा उनीहरूलाई फिर्ता पठाउने नीति लागू गरिरहेको छ । हाल अमेरिकी आप्रवासन नीति अन्तर्गत यस प्रक्रियालाई निरन्तरता दिइरहेको देखिन्छ ।
यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।
