काठमाडौं । सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन ३ हजार ६ सयले बढ्दा सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।
