तुलसीपुरमा बसले ठक्कर दिंदा महिलाको मृत्यु

ट्रेन्डिङ समाज

तुलसीपुर । तुलसीपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर ५ बसपार्क स्थित माछापुच्छ्रे टोलको गेट नजिकै बसले ती महिलालाई ठक्कर दिएको थियो ।

बिरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसले ठक्कर दिँदा तुलसीपुर ५ सम्झना टोल निवासी ३९ वर्षीया तिर्सना घर्तीको मृत्यु भएको हो । बसको ठक्करबाट टाउको र मुखमा चोट लागेको घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रीले जानकारी दिए ।

उनको शवलाई बुवा प्रेम बहादुर थापा र छोरा नबिन घर्तीले सनाखत गरेका हुन् । बस र चालक तुलसीपुर ६ निवासी ४२ वर्षीय खिमराज वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *