अध्यादेशको पक्षमा उभिन कांग्रेस–एमालेका संसदलाईहरु ह्विप

ट्रेन्डिङ राजनीति समाचार

काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठकमा अध्यादेश प्रस्तुत गरिने भएको छ । बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ दल कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई अध्यादेशको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले सांसदहरूलाई अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् । बैठक दिउँसो सवा १ बजे बस्नेछ । नेपाल सरकारद्वारा संसद् अधिवेशन नभएको समयमा जारी गरिएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको हो ।

गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए । त्यसपछि, पुस २९ गते चार वटा र माघ २ गते थप एउटा अध्यादेश जारी गरियो । यी सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।

सरकारले यी अध्यादेशहरू पारित गराउन कांग्रेस र एमालेको पूर्ण साथ रहने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *