एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

अन्तर्राष्ट्रिय अन्य विकास समाचार

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बन्द हुने भएको छ । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको हो ।

अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख रहेको सीएनएनले जनाएको छ ।

यसैगरी पोलिटिको डटकमले त डज विभागले एमसीसी बन्द गर्न लागिएको भनेर कर्मचारीहरुलाई पठाएको इमेलको व्यहोरा नै प्राप्त गरेको जनाएको छ ।

एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । तर ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काममा गम्भीर असर पर्न सक्ने विश्लेषण गरिँदैछ ।

एमसीसीले हालसम्म ४० भन्दा बढी विकासशील देशहरूसँग सहकार्य गर्दै आएको थियो, र वर्तमानमा २० देशमा करिब ५.४ अर्ब डलर बराबरको परियोजना कार्यान्वयन चरणमा छन् । अमेरिकी कांग्रेसले सन् २००४ मा स्थापना गरेको यो एजेन्सीलाई विश्वकै पारदर्शी द्विपक्षीय सहयोग निकायको रूपमा चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *