दाङ । घाेराही हार्डवेयर तथा पेन्ट व्यवसायी समितिकाे चाैथाे साधारणसभा सम्पन्न भएकाे छ । आज शनिबार दाङकाे घाेराहीमा समितिकाे चाैथाे साधारणसभा सम्पन्न भएकाे हाे ।
समितिका अध्यक्ष दामाेदर केसीकाे अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बुढाथोकीले व्यावसायिक सुरक्षाका लागि व्यवसायीहरू सङ्गठित हुन जरूरी रहेकाे बताए ।
`व्यवसायीकाे लगानी सुरक्षित हुन जरूरी छ । यसका लागि एक्लैले राज्यलाई घच्घचाउन सकिदैन साङ्गठनिक रूपमा राज्यलाई खबरदारी गर्न, आफ्ना माग राख्न सहज हुन्छ । यसका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ सदैव तपाईहरूसँगै रहेकाे छ ।´ बुढाथोकीले बताए ।
कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि तथा साेनापुर सिमेन्टका प्रतिनिधि बिरेन्द्र खड्काले लगानी सुरक्षाका लागि व्यवसायीका बिचमा रहेकाे अस्वस्थ प्रतिस्पर्धालाई निर्मूलीकरण गर्न आवश्यक रहेकाे बताए । त्यस्तै अर्का विशिष्ट अतिथि तथा घाेराही सिमेन्टका डिस्ट्रिब्युटर्स अभ्यास बुढाथाेकीले व्यवसायीका समस्या समाधानका लागि सङ्गठन आवश्यक रहेकाेमा जाेड दिए ।
कार्यक्रममा समितिका सल्लाहकार फणिराज पाेख्रेल, उपाध्यक्ष अमरराज भुसाल, पञ्चकन्या ग्रुपका फिराेज वली, नेपाटप सेल्स प्रालिका माधव भण्डारी, डल्फिन पाइप फिटिङका आकाश कवर, ओम शिवम् पाइप फिटिङका मिलन थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा समितिका सचिव किरण किशोर रेग्मीले साङ्गठनिक प्रतिवेदन र काेषाध्यक्ष पदम प्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिका सदस्य गाेकर्ण पाण्डेकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण आदिम केसीले गरेका थिए ।
