तुलसीपुरमा ट्याक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु

अन्य समाचार समाज

तुलसीपुर। तुलसीपुरमा ट्याक्टरको ठक्करबाट ९ वर्षीया एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर ९ गौरीशंकर टोलबाट अटो भिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टले पैदल यात्री बालिकालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने दिपशिखा ओली रहेको प्रहरीले जनाएको छ । बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिदा उनको टाउको र मुखमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिए ।

ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *