तुलसीपुरस्थित सिद्धिविनायक फर्निचरमा आगलागी

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ पुकार पसल नजिक रहेको सिद्धिबिनायक फर्निचर उद्योगमा आगलागी भएको छ । सोमबार दिउँसो करिब सवा ३ बजेको समयमा उद्योगमा आगलागी भएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक अनिल ठकुरीको कमाण्डमा २५ जनाको टोली, स्थानीय, तुलसीपुर उपमहानगरको दमकल र अन्य पानी ट्याङकरको सहयोगमा पौने […]

नख्खु कारागारको ४ सय बढी कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

काठमाडौं । भैरहवा कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब ४ सय बढी कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ । आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । […]

इप्रका खिलतपुरले सार्वजनिक गर्यो वार्षिक कार्यप्रगति, ४५ मुद्दा कारबाहीका लागि सिफारिस

दाङ । इलाका प्रहरी कार्यालय खिलतपुरले शनिबार पत्रकार सम्मेलन गरेर वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले विगत एक वर्षमा भएका घटना तथा कार्यालयका पहलहरूको प्रतिवेदन सार्वजनिक गरेका हुन् । कार्यालयको जिम्मेवारी क्षेत्रमा दाङको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर–१ पर्छन् । उक्त क्षेत्रमा बालविवाह, बहुविवाह, घरेलु हिंसा, करणी, […]

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको वार्षिक खर्च सार्वजनिक

दाङ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले आर्थिक बर्ष २०८१/०८२ मा गरेका विभिन्न कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच संयुक्त राष्ट्रसंघ विश्व वातावरणीय कोष अन्तर्गत साना अनुदान कार्यक्रमबाट प्राप्त अनुदान ५३ लाख ६९ हजार ८ सय ५७ रुपैया र ३२ पैसाको खर्च विवरण सार्वजनिक गरेको हो । उक्त रकम […]

रवि बसेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली लगाइयो

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको कारागार कार्यालय रूपन्देहीको कोठाको झ्यालमा राखिएको प्लाइउड हटाएर जाली राखिएको छ। संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको कारागार कार्यालय रूपन्देहीले जानकारी दिएको छ । बिहीबार कारागार कार्यालय रूपन्देहीका प्रशासक सुरेश भण्डारीले विज्ञप्ति जारी गर्दै […]

राप्ती प्रतिष्ठानमा दातसहित मुखको सिटि स्क्यान गर्ने मेसिन आयो

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अत्याधुनिक दातसहित मुखकै सिटि स्क्यान गर्ने मेसिन आएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आपुर्ति महाशाखाले दातसहित मुखको सिटि स्क्यान गर्ने गरि सिबिसिटि मेसिन पठाएको हो । सिबिसिटि मेसिन अत्याधुनिक प्रबिधिको रहेको र यसले दातसहित मुखको उपचारमा सहयोग पुर्याउने बायोमेडिकल इन्जिनियर शरद भण्डारीले बताए । उनले अहिले मेसिन जडान […]

नाउपा अध्यक्षमा रञ्जिता नै कायम

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ । काठमाडौंमा हालै भएको नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई साउन १५ गते अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिए पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएको हो । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल […]

कैदीको मृत्यु भएपछि आफन्तहरु प्रदर्शनमा उत्रिए

काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् । नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख […]

सुन भाउ तोलामा १३ सय रुपैयाँ घट्यो

काठमाडौँ । मंगलबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ […]

शवबाट मासु, हड्डी निकालेर विक्रि गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेर विक्रि गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा पक्राउ परेका हुन्। पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको […]