तुलसीपुरस्थित सिद्धिविनायक फर्निचरमा आगलागी

अन्य ट्रेन्डिङ समाचार समाज

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ पुकार पसल नजिक रहेको सिद्धिबिनायक फर्निचर उद्योगमा आगलागी भएको छ ।

सोमबार दिउँसो करिब सवा ३ बजेको समयमा उद्योगमा आगलागी भएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक अनिल ठकुरीको कमाण्डमा २५ जनाको टोली, स्थानीय, तुलसीपुर उपमहानगरको दमकल र अन्य पानी ट्याङकरको सहयोगमा पौने तीन बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा कुनै मानवीय क्षती नभएको र क्षतिको विवरण आउन बाँकी रहेको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए । उक्त फर्निचरको सञ्चालक तुलसीपुर ५ ग लाइन निवासी बस्ने तारा बहादुर वली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *