दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अत्याधुनिक दातसहित मुखकै सिटि स्क्यान गर्ने मेसिन आएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आपुर्ति महाशाखाले दातसहित मुखको सिटि स्क्यान गर्ने गरि सिबिसिटि मेसिन पठाएको हो ।
सिबिसिटि मेसिन अत्याधुनिक प्रबिधिको रहेको र यसले दातसहित मुखको उपचारमा सहयोग पुर्याउने बायोमेडिकल इन्जिनियर शरद भण्डारीले बताए । उनले अहिले मेसिन जडान कार्य सकिएको र अबदेखि यो पनि सेवा थपिएकाले यहाँका सेवाग्राहिले नियमित प्राप्त गर्न सक्ने भण्डारीले बताए ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले स्वास्थ्य मन्त्रालयले आपुर्ति महाशाखाबाट मेसिन खरीद गरेर पठाई दिएर निकै सहयोग पुर्याएको भन्दै दात र मुखको शल्यकृया गर्दा सिबिसीटि मेसिन अत्यन्तै उपयोगी हुने बताए । अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थिले निकै मेहनत गरेर मन्त्रालयबाट मेसिन ल्याईएको र यसको पुर्ण सदुपयोग हुने बताए ।
पश्चिम नेपालमा सरकारी अस्पतालमा पहिलोपटक मेसिन दाङको प्रतिष्ठानमा आएको पन्थिले बताए । साथै पन्थिले नयाँ इन्डोसकोपि मेसिन पनि प्रतिष्ठानमा आएको जानकारी दिए ।
‘दात र मुखको सिटि स्क्यान गर्न दाङ बाहिर अब जानुपर्दैन, सामान्य किसिमको ओबिजि मेसिन प्रतिष्ठानसंगै थियो, तर, यो अहिले आएको मेसिन अत्याधुनिक प्रबिधीको हो, दातको मात्रै होइन, मुखको पुरै भाग सिटि स्क्यान गर्न मेसिनबाट सकिन्छ, उपचारमा धेरै नै सहयोगि हुनेछ यो मेसिन’ दन्त रोग विशेषज्ञ डा. निरोज खनालले भने । यो मेसिनबाट थ्री डि इमेज पनि हेर्न सकिनेछ ।
