दाङ । तुलसीपुरमा पालिका स्तरीय पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको विषयमा सरोकारवालाहरुसंँ बैठक तथा समीक्षा सम्पन्न भएको छ । आइडि, हेलेन किलर इन्टरनेशनल र ब्याकवार्ड सोसाइटी एजुकेसन (वेस)को आयोजनामा तुलसीपुरमा छलफल भएको हो।
परियोजना संयोजक सुरेश चौधरीले पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले उपमहानगरमा सरसफाइ र पोषणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने र आगामी क्रियाकलापको लागि आवश्यक सल्लाह सुझाव संकलन गर्ने उद्देश्य राखेको जानकारी दिए । उनकाअनुसार दाङका १० वटै स्थानीय तहमा ३१ जना कर्मचारी खटाएर ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई लक्षित गर्दै यो परियोजना ल्याइएको सञ्चालन गरिएको छ । कुपोषण बालबालिकामा लागि एउटा लाग्ने रोग हो, यसले बालबालिकाको बौद्धिक क्षमतामा प्रत्यक्ष असर गर्छ । कुपोषण हुँदा रक्तअल्पता र पुड्कोपन जस्ता रोग लाग्ने गरेको उनले जानकारी गराए ।
परियोजनाको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा कुपोषण १६ दशमलव ४ प्रतिशत रहेको छ भने अन्य प्रदेशहरुको तुलनामा यस प्रदेशमा धेरै छ । त्यस्तै पुड्कोपन २५ प्रतिशत रहेको छ । साथै बालबालिकाहरुमा रक्त अल्पता ४८ दशमलव ५ प्रतिशत रहेको छ ।
दाङ जिल्लामा १ हजार ३ सय १४ जना बालबालिकाहरु शीघ्र कुपोषण रोग संक्रमित मध्ये २ सय ६८ जना (३) प्रतिशत बालबालिका तुलसीपुरमा रहेको छन । लिंगका आधारमा शीघ्र कुपोषण रोग बढि महिला ५९ प्रतिशत र पुरुषमा ४१ प्रतिशत हुने गरेको छ ।
उक्त छलफलमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बालवालिकालाई कुपोषणबाट बचाउन गर्व अवस्थादेखि नै पोषण सम्बन्धी ध्यान दिन आवश्यक रहेको बताए । उनले तुलसीपुरमा बढी कुपोषण देखिएको छ यसलाई घटाउन सबैले आआफ्नो तर्फबाट गम्भीर भएर सोच्न आवश्यक रहेको बताए ।
बैठकमा बोल्ने वक्ताहरुले कुपोषणले बालबालिकाहरुको बौद्धिक क्षमता प्रत्यक्ष असर पार्ने बताएका थिए साथै कुपोषणलाई समेट्ने गरि नेपाल सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेमा कुपोषण न्युनिकरण गर्न सकिने उनीहरुको भनाइ छ।
उक्त अवसरमा तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, तुलसीपुर स्वास्थ्य शाखाका प्रमुख ओम प्रकाश न्यौपाने, वेस संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरी र तुलसीपुर समाजिक विकासका संयोजक मान बहादुर रावत लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण पोषण फोकल पर्सन बिमल केसीले गरेका थिए ।
