आज तुलसीपुर महाेत्सव समापन हुने

अन्य मनाेरञ्जन/कला समाचार

दाङ । तुलसीपुरमा जारी दाेस्राे तुलसीपुर महाेत्सवको समापन गरिने भएको छ । फागुनमा १ गतेदेखि संचालित महाेत्सवकाे आज समापन गरिने भएको हाे ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक ऋषिराज भण्डारीले महाेत्सवकाे आज समापन गरिन लागेकाे जानकारी दिए । उनका अनुसार महाेत्सवकाे समापन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम तय भएको छ । दिउँसो ४ बजे महाेत्सवस्थलमा समापन कार्यक्रम राखिएको हुँदा उपस्थितिका सम्पूर्णमाा उनले आग्रह गरेका छन् ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार–शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महाेत्सव फागुन १ गतेदेखि सुरु भएको हाे । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा संचालन भएको महाेत्सवले स्थानीय व्यापार प्रवर्द्धन गर्नुका साथै कला संस्कृतिकाे समेत संरक्षण गरेकाे आयाेजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *