कुसुममा ट्यांकरको ठक्करबाट दुईको मृत्यु

समाचार

बाँके । बाँकेको कुसुममा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको ठक्करबाट दुईको मृत्यु भएको छ । दाङतर्फ आउँदै गरेको ना ८ ख ३३३ नम्बरको ट्यांकरले सोमबार बिहान १० बजे कोहलपुरतर्फ जाँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

ट्यांकरको ठक्करबाट कैलालीको धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय घमण्ड बहादुर शाही र धनगढी–१४ का ३६ वर्षीय रुपेश बस्नेतको मृत्यु भएको छ ।

ट्याङ्कर चालक दाङको दंगीशरण गाउँपालिका–२ का ५१ वर्षीय मानबहादुर वलीलाई कुसुम प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *