दंगीशरण । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारिक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको महोत्सव मुल समितिका संयोजक अजय बुढाथोकीले जानकारी दिएका छन ।
यहीं पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागरमा चल्ने ब्यापारिक महोत्सवको उद्घाटन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्ने मुल आयोजक समितिले जानकारी दिएको छ । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सव अयोजना गरिएको आयोजक फ्रेन्ड्स स्केट जोन प्रा.लिले जानकारी गराएको छ ।
१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुसहितको स्टलहरु रहनेछ्न । मेलामा प्रबेश शुल्क १०० रुपैयाँ लाग्ने आयोजकले बताएको छ ।
आइतबार उद्घाटन हुने महोत्सवमा उपस्थितिका लागि सबैमा उपस्थित भइदिन आयोजक समितिले आग्रह गरेको छ । स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफल पार्न सवै जनाले आआफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितिले आग्रह गरेको छ ।
