चिसो बढेपछि बर्दघाटमा ३ दिन विद्यालय बन्द

शिक्षा समाचार

बर्दघाट शीतलहर र हुस्सुको कारण चिसो बढेपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गएको तीन चार दिनदेखि हुस्सु र शीतलहरले जनजीवन प्रभावित बनेको र बालबालिका बढी प्रभावित हुने भएकाले पुस २४, २५ र २६ गते विद्यालय बन्द गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

नगरले तय गरेको शैक्षिक क्यालेन्डरमा परिस्थितिजन्य बिदा दिन मिल्ने व्यवस्था अन्तर्गत बिदा गरिएको नगरले जनाएको छ । बर्दघाट नगरपालिकामा सामुदायिक र संस्थागत गरेर ३७ वटा विद्यालय सञ्चालनमा छ्न् ।

नगरपालिकाले चिसोबाट बच्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *