तुलसीपुरमा पोषणमार्फत जीवन रुपान्तरण परियोजनाको समीक्षा सम्पन्न

दाङ । तुलसीपुरमा पालिका स्तरीय पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको विषयमा सरोकारवालाहरुसंँ बैठक तथा समीक्षा सम्पन्न भएको छ । आइडि, हेलेन किलर इन्टरनेशनल र ब्याकवार्ड सोसाइटी एजुकेसन (वेस)को आयोजनामा तुलसीपुरमा छलफल भएको हो। परियोजना संयोजक सुरेश चौधरीले पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले उपमहानगरमा सरसफाइ र पोषणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने र आगामी क्रियाकलापको लागि […]

कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौं : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन्। राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पारे । `हामीले […]

तुलसीपुरमा नेपाली सांकेतिक भाषा तालिम सुरु

तुलसीपुर । तुलसीपुरमा एक महिने नेपाली सांकेतिक भाषा तालिम सुरु भएको छ । राप्ती बहिरा संघ दाङको आयोजना तथा तुलसीपुुर उपमहानगरपालिकाको सहयोगमा तालिम शुक्रबारदेखि सुरु भएको हो । राप्ती बहिरा संघका अध्यक्ष अजयकुमार शर्माको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मेयर खड्काले संसारका […]

रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले पक्राउ गर्नुको कारण पेस गर्न भन्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । गत […]

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो । ‘विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट […]

तुलसीपुरको पुष्पन हेल्थ केयरबाट राती पनि भिडियो–एक्सरे सेवा

दाङ । दाङको तुलसीपुर–५ ‘ग’ लाइनमा पुष्पन हेल्थ केयर प्रालिले सोमबार बुद्ध जयन्तीको अवसरमा अत्याधुनिक भिडियो–एक्सरे सेवा सुरु गरेको छ। पश्चिम नेपालमै पहिलोपटक यस्तो सेवा सञ्चालनमा ल्याइएको हो। तुलसीपुर–७ निवासी वरिष्ठ रेडियोलोजिस्ट डा. पुष्पराज रिजालले रातीको समयमा पनि बिरामीले सेवा पाउने व्यवस्था गरिएको बताए । उनका अनुसार टाढाबाट आएका र आपतकालिन बिरामीले समयमै उपचार पाउन […]

काठमाडौँको मखन टोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आगलागीमा परी एक महिलाको मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए । तर उनको उनको सनाखत हुन बाँकी रहेको प्रहरी प्रवक्ता बोहराले बताए । सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको ४ तले कच्ची घरमा आगो लागेको हो । ग्यास लिक भएर आगलागी सुरु भएको […]

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो । पहिलो […]

प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन्। २५६९औं बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आएका हुन्। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी […]

जेठ १५ मा राजावादीको प्रदर्शन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ । आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले सो दिनको प्रदर्शनमा सहभागी हुनका लागि उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको हो । आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का […]