लुम्बिनी प्रदेश नागरिकको दैनिक जीवनसँग जोडिन सफल : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताएका हुन् । ‘विगत ७ बर्षमा संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामीले महशुस […]

एक घर एक धाराको अभियानले आधारभुत तहमा खानेपानीको पहुँच सुनिश्चितः मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन्। खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको बिहिबार भालुबाङमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच […]

द्वन्दको घाउ सधैंका लागि मेटाउने गरी परिपुरणका योजना कार्यान्वयनमा आउँछन : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउँ सधैका लागि मेटाउने गरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समितिसँगको छलफलमा मुख्यमन्त्री आचार्यले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द पिडितको उपचार र उद्यमशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताएका […]

लुम्बिनी प्रदेशले अब जनशक्तिकाे अभाव भाेग्नुपर्ने छैन: मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनाेज-झपेन्द्र-सुरेन्द्रकाे शालिक अनावरण गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका-६ नरपानीमा मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृति पार्क निर्माण गरि शालिक निर्माण गरेकाे छ । मुख्यमन्त्री आचार्यले सहिदकाे शालिक अनावरण गर्दै परिवर्तन र समानताका लागि दिएकाे बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेकाे बताए। `मुलुककाे विकास र समृद्धिका […]

पाल्पामा उपप्रधानमन्त्रीलाई मुख्यमन्त्रीकाे स्वागत

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पाैडेललाई स्वागत गरेका छन् । पाल्पाकाे बगनासकाली गाउँपालिकामा मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् । बगनासकालि गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन, सिद्धबाबा सुरुङ्ग मार्गकाे ब्रेक थ्रु लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय […]

संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण : मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन् । माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तब्य भएको उल्लेख गर्दै कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका हुन् । ‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णयहरु

देउखुरी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समााधन सम्वन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता […]

शिक्षण सिकाइ क्रियाकलापलाई नयाँ युगअनुसार बदल्न जरुरी छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताएका छन् । लुम्बिनी वर्ल्ड स्कुलले तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभुत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्नेगरी भूमिका बढाउन जरुरी रहेको बताएका हुन् । ‘अध्ययन, अनुसन्धान अव […]

राज्यका हरेक निकायमा थारु समुदायको १४ प्रतिशत सुनिश्चित गरेका छौं : मुख्यमन्त्री

घोराही। दाङमा माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन। प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसंख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित […]