काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी भएका छन् ।
केन्द्रीय कार्यकारी समितिको निर्वाचनमा ५०५२ मतसहित डा. मिश्र विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठ भने २६२१ मतमा रोकिए ।
दुई जनाबिच २४३१ मतान्तर छ । मिश्र कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार हुन्।
