वायु प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन बिदा दिन सुझाव

अन्य ट्रेन्डिङ राजनीति समाचार

काठमाडौँ । नेपालमा वायु प्रदूषण बढेको भन्दै सातामा दुई दिन बिदा दिन प्रस्ताव भएको छ। वायु प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा सातामा दुई दिन बिदाको प्रस्तावबारे छलफल भएको हो ।

प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार छलफल गरेका हुन् । छलफलमा विज्ञहरूले वायु प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् ।

यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन् ।

छलफलमा बोल्दै सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने बताए । जसका लागि सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गरिने उनले बताए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए।

राष्ट्रिय यातायात व्यवसायी महासंघले भने सार्वजनिक सवारी साधनले नभएर करिब २ लाख निजी गाडीले बढी प्रदूषण गरेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *