सुनको मूल्यमा नयाँ रेकर्ड

अन्य अर्थ व्यवसाय समाचार

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो ।

यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो । जसअनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *