एचआरद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग‌

अन्य अर्थ समाचार समाज

दाङ । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्ध एच.आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गरेका छन् । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सवको स्टलमा भएको आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद सहयोग गरेका हुन् । 

आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत पुगोस्, भन्ने उद्देश्यले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको एचआर मगरले बताए । ‘विगतका वर्षहरूमा पनि जन्मदिन विभिन्न समाजिक कार्य गरि मनाउने गरेको थिए । तर, यस पटक सल्यान जिल्लामा भएको घटनाले मलाई निकै दुखी बनायो’ उनले भने, ‘त्यसैले फजुलमा बाहिर खर्च गर्नुभन्दा आगलागी पीडितलाई केही राहत होस् भनि सहयोग गरेको हुँ ।’ 

यस्तै उनले आगलागी पीडितहरूलाई सहयोग गर्न समेत सबैलाई आग्रह गरेका छन् । ‘जहाँका व्यवसायीहरू भएपनि उनीहरु पीडित भएका छन् । उनीहरूको पीडामा हामी सबैले साथ दिनुपर्छ ।’ उनले भने, ‘आगलागीबाट ठूलो क्षति पुगेको छ यसमा त झन राज्यले चासो दिनु पर्ने हो ।’ यस्तै उनले यस्तो मेला महोत्सव सञ्चालन गर्दा अब आयोजकहरूले विशेष ध्यान दिनु पर्ने समेत बताए । मेला महोत्सवमा देशभरबाट व्यवसायीहरू आउने गरेका हुन्छन्, उनीहरूको सुरक्षाको लागि अब विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । 

आफ्नो जन्मदिनको अवसरमा मगरले आगलागी पीडितहरूलाई सहयोग गरेको भन्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यान अध्यक्ष तथा महोत्सव संयोजक प्रेमनारायण विकले धन्यवाद व्यक्त गरेका छन् । उनले आम नेपाली नागरिकहरूलाई पनि यो पीडितहरुलाई थोरै सहयोग गर्न समेत आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *