काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल एक १०७ औं स्थानमा रहेको छ ।
गतवर्ष नेपाल १०० मा ३५ अंक सहित १०८ औं स्थानमा थियो । यसपटक एक अंक कम पाएर ३४ अंकसहित १०७ औं स्थानमा झरेको छ । ५० भन्दा कम अंक पाउनेहरु भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा पर्छन । साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्छ । सर्वेक्षण शुरु भएको १२ वर्षको अवधिमा नेपालको स्कोर र वरीयताक्रममा हालसम्मकै उच्च हो ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका महासचिव डा सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए । विभिन्न निकायहरुले गरेको सर्वेक्षणलाई विश्लेषण गरेर ट्रान्सपरेन्सी इन्टरनेशनलले सीपीआई सार्वजनिक गर्छ ।
