सुनको मूल्य तोलामा १४ सयले बढ्यो

काठमाडौं । आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा […]

कुम्भ मेलामा भागदौड हुँदा कम्तिमा १० को मृत्यु

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् । मृतकको संख्या फरक फरक आइरहे […]

आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ । विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो […]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ […]

माओवादी केन्द्र घोराही नगरको अध्यक्षमा चौधरी

घोराही । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर समिति दाङको अध्यक्षमा खिमबहादुर चौधरी निर्वाचित भएका छन्। जसको उपाध्यक्षमा मने बिश्वकर्मा, दिलकुमारी बुढा र शक्तिराम डाँगी, सचिव बसन्त चौधरी, सहसचिव रेवन्ता पुन र कोषाध्यक्ष सुमन रोका रोका निर्वाचित भएका छन्। दुई दिनसम्म चलेको बन्दसत्रबाट चौधरीको नेतृत्वमा ६८ सदस्यीय नगर समिती सर्वसम्मत भएको हो । दश प्रतिशत मनोनित […]

द्वन्दको घाउ सधैंका लागि मेटाउने गरी परिपुरणका योजना कार्यान्वयनमा आउँछन : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउँ सधैका लागि मेटाउने गरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समितिसँगको छलफलमा मुख्यमन्त्री आचार्यले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द पिडितको उपचार र उद्यमशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताएका […]

मावि तुलसीपुर सेन्टरको ५४ औं बार्षिक उत्सव सम्पन्न

तुलसीपुर । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ५४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । मावि सेन्टरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलका अध्यक्षतामा कार्यक्रम भएको हो । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथियतामा तथा पूर्व नगर प्रमुख ढुण्डिराज लामिछानेको विशिष्ट अतिथ्यमा भएको कार्यक्रमका बोल्दै प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम […]

राप्तीका २ हजार ८ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

तुल बहादुर कवँर मगर, सिसहनियाँ । दाङको राप्ती गाउँपालिकामा २ हजार ८ सय १२ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतकाअनुसार पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका २ हजार ७ सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने छ। माघ २२ गतेदेखि २९ गतेसम्म […]

लुम्बिनीसहित पूर्वी भागमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै भू–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम विज्ञान विभागले जनाएको छ । हुस्सु र कुहिरोको कारण तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । विभागका अनुसार देशका […]

थारु समुदायको बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डगौरा) समुदायको बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ । सोही प्रयासस्वरूप यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ । मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले बडघर प्रथाको संरक्षणका […]