जेन जीहरु संसद् भवन प्रवेश

काठमाडौँ । प्रदर्शनमा उत्रिएका जेनजीहरू बानेश्वरस्थित संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीहरु संसद् भवन प्रवेश गरेका हुन् । निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त भएको छ । शान्तिपूर्ण आन्दोलन हुने भने […]

लुम्बिनी प्रदेशमा उत्सवका रूपमा मनाइयो निजामती सेवा दिवस

दाङ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार साँझी, प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो । प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बोधन गर्दै सभामुख घर्तीले सरकारको मेरुदण्ड […]

प्रदेश राजधानी परिसरमा सौन्दर्यपरक बिरुवा रोपियो

दाङ। लुम्बिनी प्रदेश निजामती सेवा दिवस-२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवाहरू लगाइएको हो । वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन […]

भदौ २९ गतेदेखि सुकिला नोट साटिने

काठमाडौं । यही भदौ २९ गतेदेखि वडादशैंका लागि सुकिला नोट साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न […]

बरुवागाउँ भुह्याँर थान उद्घाटन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बरुवागाउँ भुह्याँर थानको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच भुह्याँर थानको उद्घाटन गरिएको हो । भूह्याँर थानको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिला लेख खोलेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिल्लीबहादुर चौधरीले भुह्याँर थानको ऐतिहासिक र सांस्कृतिक महत्वका बारेमा प्रकाश […]

हरितालिका तीज : आज दर खाने दिन

काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन अर्थात् आज दर खाने दिन हो । आज परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकारको दर खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।हरितालिका तीजको अघिल्लो दिन […]

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ । पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शनिवार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । […]

संस्थागत क्षमता स्वमूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम

दाङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा दाङ जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम स्थानमा परेको छ। यसपटक घोराही उपमहानगरपालिका दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो स्थानमा परेका छन्। राप्ती गाउँपालिकाले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय तथा आर्थिक व्यवस्थापनमा […]

विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकबाट बहुमतले विधेयक पारित गरेको हो। विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन्। विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन […]

शिक्षा विधेयक : निजी विद्यालयद्वारा आन्दोलनको घोषणा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ । बुधबार यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै यही भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेको हो । विद्यालय शिक्षा विधेयकका केही […]