सरकारले असोज १ गते सार्वजनिक विदा दिएर शोक दिवस मनाउने

काठमाडौँ । सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार दिवसमा सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरेको गरिएको छ ।

रेशम चौधरीले नाउपा छोडे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गरेका हुन् । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए । पछिल्लो समय […]

बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेका थिए। प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। […]

जेन जीहरु संसद् भवन प्रवेश

काठमाडौँ । प्रदर्शनमा उत्रिएका जेनजीहरू बानेश्वरस्थित संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीहरु संसद् भवन प्रवेश गरेका हुन् । निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त भएको छ । शान्तिपूर्ण आन्दोलन हुने भने […]

प्रदेश राजधानी परिसरमा सौन्दर्यपरक बिरुवा रोपियो

दाङ। लुम्बिनी प्रदेश निजामती सेवा दिवस-२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवाहरू लगाइएको हो । वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन […]

भदौ २९ गतेदेखि सुकिला नोट साटिने

काठमाडौं । यही भदौ २९ गतेदेखि वडादशैंका लागि सुकिला नोट साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न […]

बरुवागाउँ भुह्याँर थान उद्घाटन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बरुवागाउँ भुह्याँर थानको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच भुह्याँर थानको उद्घाटन गरिएको हो । भूह्याँर थानको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिला लेख खोलेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिल्लीबहादुर चौधरीले भुह्याँर थानको ऐतिहासिक र सांस्कृतिक महत्वका बारेमा प्रकाश […]

हरितालिका तीज : आज दर खाने दिन

काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन अर्थात् आज दर खाने दिन हो । आज परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकारको दर खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।हरितालिका तीजको अघिल्लो दिन […]

भाग्योदयका संस्थापक प्रअ अधिकारीको ३०औँ स्मृति दिवसमा शैक्षिक सामग्री वितरण

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर – ६ स्थित भाग्योदय प्राथमिक विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. जगदीश अधिकारीको ३०औँ स्मृति दिवसको अवसरमा विद्यालयमा रहेका १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सो अवसरमा अधिकारीको नाममा स्थापना गरिएको अक्षयकोषमा यस वर्ष उनका ज्येष्ठ सुपुत्र सुजन अधिकारीले १० हजार रुपैयाँ थप गरेका छन् । विद्यालय […]

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ । पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शनिवार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । […]