कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मंगलबार कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो । भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा […]

जाजरकोट केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो । भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । आज विहान अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर विहान ६ बजेर ३३ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ […]

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एका बिहानै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । क्यारेबियन देशहरूमा भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएसका अनुसार केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो। […]

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प […]